महाअभियोग प्रस्ताव लम्ब्याउन संसद अधिवेशन अन्त्य गरेको एमालेको निष्कर्ष

311

साझाट्युव : चैत २, काठमाडौं।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि निर्णय लम्ब्याउन यो सरकारले संसद अधिवेशन अन्त्य गरेको निष्कर्ष निकालेको छ ।

एमाले संसदीय दलको बुधबार बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलले अदालतलाई गिजोल्न महाअभियोग प्रस्ताव ल्याएको र अहिले अनावश्यक लम्ब्याइरहेको बताएका हुन् ।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले ‘यसलाई जतिसक्दो लिंगरिङ गर्ने, जतिसक्दो ढिलो गर्ने, र पास हुन वा फेल हुन कुनै अवसर नै प्रदान नगर्ने गरी उहाँहरु अगाडि बढनुभएको छ । यस्तो बेला नेकपा एमालेले यसलाई नंग्याउने भण्डाफोर गर्ने काम गर्छ भनेर पार्टी अध्यक्षले भन्नुभएको छ ’ भने ।

साथै,सत्तारुढ दलले आफूसँग दुई तिहाइ मत छैन भन्ने जान्दाजान्दै अदालतलाई गिजोल्ने र गुटबन्दीको शिकार बनाउने उद्देश्यले महाअभियोग प्रस्ताव ल्याएको पनि ओलीले बताए ।

LEAVE A REPLY