नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

271

साझाट्युव : चैत ३, काठमाडौं।

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बिहिबार दिउँसो १२ बजे बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको हो ।

आजको बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुने पार्टी उपमहासचिव गंगालाल तुलाधरले बताए । बैठकले स्थानीय तहको उम्मेदवार टुंगो लगाउने निकाय र हस्ताक्षर गर्ने अधिकारीको पनि टुंगो लगाउने उनले बताए ।

साथै,निर्वाचनमा गठबन्धन गर्ने सम्बन्धी विषयमा समेत छलफल हुने बताइएको छ ।

LEAVE A REPLY