पिर’ गित सपुतले ल्याएकै होइन ,मात्र साम्राज्यवादी शक्तिले ल्याएको : महरा

343

साझाट्युव : चैत ३, बुटवल।
नेकपा माओवादी केन्द्रका चर्चित नेता तथा पूर्व सभामुख कृष्ण बहादुर महराले ‘पिर’ गितलाइ गायक प्रकाश सपुत आफैले नल्याएको बताएका छन् ।

बुटवलमा बिहिबार आयोजित लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा उनले ‘पिर’ गित सपुतले ल्याएकै होइन ,मात्र साम्राज्यवादी शक्तिले ल्याएको भन्दै आरोप लगाएका हुन् ।

कार्यक्रममा बोल्दै महराले ‘चुनावको मुखमा आएर प्रकाश सपुतले जुन गित बजारमा ल्याएका छन् । त्यो गित उनले ल्याएका होइनन, माओवादीलाई कसरी कमजोर पार्न र सिध्याउन सकिन्छ भन्ने गुरुयोजनाका साथ साम्राज्यवादी शक्तिले ल्याएका हुन ‘ भने ।

साथै,उनले आफूहरुलाइ विगतदेखि नै साम्राज्यवादी शक्तिले दलदलमा फसाउन खोजेको तर त्यो दलदलबाट निस्केर आएको समेत बताए ।

LEAVE A REPLY