मधेस प्रदेशमा आज होली

387

साझाट्युव : चैत ४, मधेस।

आज तराई मधेशका जिल्लाहरुमा होली पर्व मनाइँदै छ । यसै अवसरमा तराई मधेशका जिल्लाहरुमा सरकारले आज सार्वजनिक विदा दिएको छ ।

हिमाली पहाडी जिल्लाहरुमा र तराईका जिल्लाहरुमा एक दिनको फरकमा होली मनाउने चलाउने छ । तराई मधेसका जिल्लाहरुमा होली ( फागु)लाई ‘होरी’ पनि भन्ने चलन छ ।हिजो हिमाली पहाडी जिल्लाहरुमा होलि मनाइयो।

यसमा मधेशका पर्वते समुदायले भने हिजो नै पूर्णिमाका दिन होली मनाएका छन्।

त्यस्तै,मिथिला क्षेत्रमा माध्यमिकी परिक्रमाको जनकपुरधाममा गरिने अन्तरगृह परिक्रमा सम्पन्न गरेर त्यसको भोलिपल्ट ‘होली’ मनाउने अर्को चलन छ ।

होली पर्वलाई सभ्य र शालीन ढंगले मनाउन प्रशासनिक निकाय र सामाजिक संघ संस्थाले आग्रह समेत गरेका छन् ।

LEAVE A REPLY