पाल्पामा एक महिनामा मात्रै २९ जना महिलाहरु हराए

392

साझाट्युव : चैत ४,पाल्पा ।

पाल्पामा गत एक महिनामा मात्रै २९ जना महिलाहरु घरबाट हराएका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाको गत फागुन महिनाको कार्य विवरण सार्वजानिक तथ्तांक अनुसार एक महिनाको अन्तरालमा मात्रै २९ जना महिला हराएको उजुरी परेको छ ।

यसैगरी, ५ जना बालबालिका र एक जना जेष्ठ नागरिक पनि हराएका छन् । जसमा २५ जना महिला फेला परेका छन् भने ५ जना अझै बेपत्ता छन् । साथै,फागुन महिनाभित्र २७ वटा घरेलु हिंसाका उजुरी परेका छन् ।

यी सबैको मिलापत्र गरिएको पनि पाल्पाका सुचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताएका छन् ।

LEAVE A REPLY