फुटबल खेलाडी एन्जिलाको जीवनमा फिल्म बन्ने

179

साझाट्युव : चैत ४,काठमाडौं ।
महिला राष्ट्रिय फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित रहेर फिल्म निर्माण हुने भएको छ । राजधानीमा शुक्रबार एक कार्यक्रमका बीच फिल्म ‘अन्जिला’ निर्माणको घोषणा गरिएको हो । यस फिल्म मिलन चाम्सले निर्देशन गर्न लागेका छन् ।

बन्ने फिल्ममा खेलाडी एन्जिला स्वयंको मुख्य भूमिका पनि रहनेछ । त्यस्तै,उनीसँगै दयाहाङ राई, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रेम कुमार श्रेष्ठ लगायत कलाकारको अभिनय रहने पनि कार्यक्रममा जानकारी दिइयो ।

सो कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले बोल्दै ‘फिल्म र खेलकुद देशको पहिचानसँग जोडिएकाले यी दुवै क्षेत्र एकसाथ अगाडि बढ्नु पछ ‘भने । उनले एन्जिलाको जीवनीमा बन्न लागेको फिल्म खेल क्षेत्रमा आफ्नो भविष्य बनाउन चाहने धेरैका लागि प्रेरणा बन्ने धारणा समेत राखे ।

यस फिल्ममा एन्जिलाले फुटबलर बन्नका लागि गरेको संघर्ष र सफलताको कथा समेट्ने निर्देशक चाम्सले बताए ।

एन्जिला भने पहिलो पटक अभिनयमा देखिन लागेकी हुन् । अहिले उनि मण्डल थिएटरमा अभिनय सिकिरहेकी छिन। एन्जिला आमाका लागि फिल्ममा अभिनय गर्न लागेकी हुन् । यसबार उनले आफ्नो जीवनीमा फिल्म बन्नु आफ्नो लागि ठूलो उपलब्धि भएको बताइन् ।

केन्द्र मोशन पिक्चर र मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको फिल्ममा प्रेमकुमार श्रेष्ठ र केन्द्र लिम्बु निर्माता हुन् भने विनोद अग्रवाल र राजेश अग्रवाल सह–निर्माता रहेका छन्। फिल्मको आगामी जेठबाट छायांकन सुरु हुनेछ ।

एन्जिलाले सन् २०१४ मा श्रीलंकामा सम्पन्न एएफसी यु–१४ गल्स रिजनल ट्रफीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यू गरेकी हुन्। उनी २०१४ बाट राष्ट्रिय टिममा परेकी थिइन् । तर, एन्जिला २ वर्ष बेञ्चमै सीमित भइन् । त्यसयता उनी महिला राष्ट्रिय फुटबल टिमको भरपर्दो गोलरक्षक
बनेकी छन् ।
बि.स.२०५३ मा पाँचथर जिल्लाको फाक्तेपमा जन्मिएकी एन्जिलाले १३ वर्षको उमेरदेखि नै फुटबल खेल्न सुरु गरेकी थिइन्।

LEAVE A REPLY