बौद्धबाट बरामद धातु युरेनियम नभएको पुष्टि , पक्राउ परेका सबै छुटे

413

साझाट्युव : चैत ४,काठमाडौं ।

गत फागुन पहिलो सातामा काठमाडौंको बौद्धबाट बरामद भएको धातु युरेनियम नभएको पुष्टि भएको छ।
काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख गंगा प्रसाद पौडेलका अनुसार दुई छुट्टाछुट्टै प्रयोगशालामा गरिएको परीक्षणमा सो धातु युरेनियम भएको पुष्टि नभएको हो ।

युरेनियम पुष्टि हुन नसकेपछि घटनामा मुछिएका सबै अभियुक्त शुक्रबार हाजिरी जमानीमा छुटेको पनि पौडेलले बताए । युरेनियम कारोबार आशंकासहित प्रहरीले ८ जनालाइ पक्राउ गरेको थियो ।भारतबाट उनीहरुले युरेनियम जस्तो देखिने पदार्थ ल्याएर बेचबिखन गर्न लागेको सूचनाका आधारमा नै महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको थियो ।

यसरि पक्राउ पर्नेमा ललितपुर क्षेत्र नम्बर ३ (१) बाट प्रदेशसभाका उम्मेदवार समेत रहेका काँग्रेस नेता नवराज महत पनि थिए। बौद्धमा केही व्यक्तिहरुले बिभिन्न समूह बनाई युरेनियमको सङ्कलन तथा भण्डारण गरी उच्च मूल्यमा बिक्री बितरण गर्न लागेको सूचना आएपछि प्रहरी सक्रिय बनेर उनीहरुलाई पक्राउ गरेको थियो ।

प्रहरीले यसैक्रममा ह्यात रिजेन्सी होटलको कार पार्किङ गर्ने स्थानमा पार्किङ गरी राखेको बा ५ च ८२०९ नम्बरको कारभित्रबाट २ किलो ८०० ग्राम तौल भएको युरोनियम भनिएको पदार्थसहित सुरुमा भुपेन्द्रबहादुर खड्का र नवराज महतलाई समातेको थियो । यससन्दर्भमा सोधपुछ गर्ने क्रममा उक्त युरोनियम जस्तो देखिने पदार्थलाई उनीहरुले भारतबाट ल्याई प्रतिकिलो ३५ करोडमा बिक्री गर्न लागेको खुलेको समेत प्रहरीको दावी छ । उनीहरुले यसका लागि केही व्यक्तिसँग डिल समेत गरेको प्रहरीले बताएको थियो ।

यसैगरी,पक्राउ पर्नेमा सिन्धुपाल्चोकका रामकृष्ण लामिछाने, सिरहाका गोपिलाल दास, नारायण यादव, महोत्तरीका सुरेन्द्र प्रसाद चौधरी, भारतीय नागरिक उपेन्द्र कुमार मिश्र र राजु ठाकुर रहेका थिए ।

LEAVE A REPLY