नेकपा (एस)द्वारा निर्वाचन लक्षित १५ दिने अभियान संचालन गर्ने

225

साझाट्युव : चैत ४,काठमाडौं ।
नेकपा एकीकृत समाजवादीले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गरि १५ दिने जनपरिचालन अभियान संचालन गर्ने भएको छ । दलको सचिवालय बैठकले यस्तो जन परिचालनको निर्णय गरेको हो ।

यसैगरी, बैठकले सबै प्रदेशको कामको अनुगमन, मूल्यांकन तथा वस्तुस्थितिको अध्ययन गर्न सबै प्रदेशमा एक एक जना सचिवालय सदस्यलाई खटाउने निर्णय समेत गरेको छ ।

यससन्दर्भमा पार्टिले प्रदेश १ मा उपाध्यक्ष प्रमेश हमाल, मधेसमा उप महासचिव जगन्नाथ खतिवडा, वाग्मतीमा उप महसचिव गंगालाल तुलाधार, गण्डकीमा उपाध्यक्ष जयन्ती राई, लुम्बिनीमा उप महासचिव विजय पौडेल, कर्णालीमा महासचिव बेदुराम भुसाल, सुदूर पश्चिममा सचिवालय सदस्य रामचन्द्र झालाई खटाइएको छ ।

LEAVE A REPLY