झलनाथको क्षेत्रमा ओलीले सम्बोधन गर्ने

340

साझाट्युव : चैत ६, काठमाडौं ।

नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली आज आइतबार एमालेकाे जनसभालाई सम्बोधन गर्न इलामको सूर्योदय नगरपालिका जाँदै छन् । यस्तै ओलीसँगै एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पनि जनसभालाई सम्बोधन गर्नेछन् ।

आज इलामको निर्वाचन क्षेत्र नम्बर १ मा कार्यक्रम हुँदैछ । सो इलामको निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट झलनाथ खनाल विजयी भएका थिए भने खनाल नेकपा एकीकृत समाजवादी पार्टीमा लागेपछि एमालेले सूर्योदयमा जनसभाको आयोजना गर्न लागेको
एमाले इलामका अध्यक्ष महेश बस्नेतले बताए।

यसरि खनालले एमाले छाडे पनि सूर्योदयमा नेकपा एमाले कमजोर हुँदै नभएको पनि एमाले अध्यक्ष बस्नेतले दाबी गरे । उनले ‘इलामको क्षेत्र नम्बर १ एमालेले जितेको क्षेत्र हो, हामी अहिले पनि यहाँको पहिलो पार्टी हौ, को कत्रो छ भन्ने कुरा वैशाख ३० मा थाहा भइहाल्छ ’भने।

एमाले जनाए अनुसार पार्टीको नीति बिचार कार्यक्रमलाई आम जनतासम्म पुर्‍याउनको लागि जनसभाको आयोजना गरेको छ ।

त्यसैगरी,सूर्योदय नगर कमिटीकी अध्यक्ष दुर्गादेवी भट्टराईले जानकारी अनुसार नेकपा एमाले सूर्योदय नगर कमिटीको आयोजना तथा जिल्ला कमिटीको व्यवस्थापनमा हुने जनसभाको तयारी तीव्र रूपमा भइरहेको छ ।

फिक्कल चोक बजारमा आयोजना गरिएको एमालेको जनसभामा १० हजार भन्दा बढी अगुवा कार्यकर्ता, शुभेच्छुक र सर्वसाधारण सहभागी हुने आयोजकको अपेक्षा पनि रहेको छ ।

LEAVE A REPLY