चैत ९ देखि १२ गतेसम्म कृषि कर्जा मेला आयोजना हुने

263

साझाट्युव : चैत ६, चितवन।
महत्वपुर्ण ,गरिमामय साथै सम्माननीय पेशा नै कृषि हो। यसै पेशामा लागेका विचारसिल कृषकको साक्षरता अभिबृद्धि गराउने उद्देश्यका साथ् चितवनमा चैत ९ देखि १२ गतेसम्म कृषि कर्जा मेला आयोजना हुँदैछ।

आर एण्ड डी इनोभेसन प्रालि र नेपाल कृषि मेशिनरी व्यवसायी संघको आयोजनामा हुने भनिएको कृषि कर्जा सम्बन्धमा कृषकहरुमा वित्तीय साक्षरता अभिबृद्धि गराउने उदेश्यले मेला आयोजना हुनेछ ।
सो मेलाको मुख्य प्रायोजकका रुपमा नबिल बैंक र कृषि विकास बैंक रहेका छन भने नेपाल बैंकर्स संघको सहकार्यमा हुने यस मेलामा बीमा पार्टनरको रुपमा शिखर इन्स्योरेन्स पनि रहेको छ। यस्तै, फोन पे डिजिटल पेमेण्ट पार्टनरको रुपमा रहेको छ । गत फागुनमा राजधानीमा आयोजित पत्रकार सम्मेलनमा कृषकलाइ कृषि कर्जामा पहुँच विस्तारमा सघाउ पुर्याउने उदेश्यले मेला संचालन गर्न लागेको आयोजकले जानकारी दिइसकेको छ ।

गरिएको पत्रकार सम्मेलनमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले नेपालको भविस्य कृषि र पर्यटनमै रहेको बताएका छन् । उक्त मेलाले कृषक, बैंक, सेवाप्रदायक र नीति निर्मातावीच समन्वय र सहकार्यको वातावरण सिर्जना गर्ने आयोजकको विश्वास रहेको छ भने प्रायः सम्पूर्ण वाणिज्य बैंकहरू, बिकास बैंकहरु तथा बीमा कम्पनीहरुले मेलामा भाग लिने आयोजकले जनाएको छ ।

LEAVE A REPLY