पाकिस्तानले नेपाली विद्यार्थीलाई छात्रवृत्तिमा निरन्तरता दिने

388

साझाट्युव : चैत ६, काठमाडौं।
पाकिस्ताले नेपाली विद्यार्थीहरुलाइ शैक्षिक छात्रवृत्तिमा निरन्तर सहयोग जारी राख्ने भनेका छन् ।

विभिन्न शैक्षिक संस्थाबाट स्नातक गरेका नेपाली विद्यार्थीलाई सम्मान गर्न काठमाडौंमा आयोजित कार्यक्रममा नेपालाका लागि पाकिस्तानि राजदूत सैयद हैदर साहले यस्तो प्रतिक्रिया दिंदै नेपाली विद्यार्थीलाई पाकिस्तानले दिने शैक्षिक छात्रवृत्तिले नेपाल र पाकिस्तानबीचको जनस्तरको सम्बन्धलाई झल्काउने पनि बताए ।

पाकिस्तानमा रहँदा नेपाली विद्यार्थीले जीवनभरका साथी बनाएका र जीवनभर सकारात्मक सम्झना बोकेर बसेको बताउँदै राजदूत साहले शैक्षिक छात्रवृत्तिलाइ निरन्तर दिने बताए ।

यसैगरी,सो कार्यक्रममा नेपाली सेनाका पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपालको विकास र प्राविधिक शिक्षाको क्षेत्रमा पाकिस्तानले गर्दै आएको सहयोगको प्रशंसा गरेका छन् ।

पाकिस्तान प्राविधिक सहायता कार्यक्रम स्नातक विद्यार्थीले अन्तर्गत एमबीबीएस, बीडीएस, डी फार्मेसी, बीएस इन्जिनियरिङ लगायतका विषयमा छात्रवृत्ति प्राप्त गर्दै आइरहेका छन्।

LEAVE A REPLY