नेविसंघद्वारा विधानको कार्यान्वयन गर्न पार्टी नेतृत्वसँग माग

272

साझाट्युव : चैत ६, काठमाडौं।

नेपाली काँग्रेस पार्टी भातृ संगठन नेपाल विद्यार्थी संघले विधानको कार्यान्वयन गर्न आइतवार पार्टी नेतृत्वसँग माग गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई १२ औँ महाधिवेशन सुनिश्चित गर्न माग गर्दै नेविसंघ संघर्ष समितिले ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझाएका नेविसंघका पूर्व केन्द्रीय सदस्य अनिल खनालले भविष्यमा काँग्रेस बलियो पार्टी निर्माण गर्नलाई बलियो नेविसंघ निर्माण गर्न आवश्यक अपरिहार्य रहेको बताए ।

उनले नेविसंघ विधानको पूर्ण कार्यान्वयन गराउन र विधान बमोजिम तदर्थ समिति गठन गर्न समेत माग गरेका छन् । यससन्दर्भमा काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव पौडेलले संघर्ष समितिले बुझाएको ज्ञापनपत्रको बारेमा पार्टी सभापतिलाई जानकारी गराउने प्रतिवद्धता जनाएका छन् । पार्टी सभापतिले गरेको निर्णयलाई सबै जिल्लाका पार्टी निकट भातृ संगठनले स्वीकार्ने विश्वास लिएको समेत उनले बताए ।

साथै,नेविसंघ सघर्ष समितिले आसन्न तीनै तहको निर्वाचनमा युवा विद्यार्थी परिचालन गर्ने वातावरण तयार गर्न, अद्यावधिक स्ववियु निर्वाचन र नेविसंघको अधिवेशन ग्यारेन्टी गर्न र नेविसंघको विधानसम्मत १२ औँ महाधिवेशन सुनिश्चित गर्न लगायत माग गरेको छ ।

LEAVE A REPLY