साझाट्युव : चैत ६,कास्की ।
नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलनलाई नयाँ ढंगले रुपान्तरण गर्नुपर्ने कुरामा पनि जोड दिएका छन्।
पोखरामा आयोजित प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले ‘यो पार्टी क्रान्तिकारी पार्टीकै रुपमा रुपान्तरण गर्ने वा त्यतिकै छोडिदिने ? बनाउन सम्भव छ भन्ने प्रतिगमन विरुद्धको आन्दोलनले देखायो, फलाम तातेको बेला हान्न पर्छ, यही हो बेला भनेर हामी पार्टी निर्माण तिर लागेका हौं ’भने
साथै,कार्यक्रममा उनले कटवालकाण्डपछि पार्टीमा विभाजनको श्रृंखला सुरु भएको र विभाजन हुँदै अहिले १४/१५ वटा समूह बनेको बताए । प्रचण्डले ‘कटवालकाण्ड हुँदै पार्टी विभाजनको श्रृंखला सुरु भएको थियो, एउटा, दुईवटा, तीनवटा कति हो कति ? अहिले फेरि एकता कति हो कति १४/१५ समूह लाइनमा छन ’ पनि भने।