रुस-युक्रेन युद्धले विश्वभर भोकमरी हुने खतरा

270

साझाट्युव : चैत ७, एजेन्सी।
रुस र युक्रेनबिचको जारी युद्धका कारण विश्वभर गम्भीर असर परिरहेको छ। विश्वको तेल र ग्यास बजार मारमा मात्रै असर परिरहेको होइनकि , युद्धले विश्वभर भोकमरी बढ्ने तथा खाद्यान्न अभाव देखिन सक्ने चिन्ता बढ्न थालेको छ ।

राष्ट्रसंघका महासचिव एन्टोनिय गुटेरेसले केही दिनअघि चेतावनी दिँदै ‘हामीले संभावित सबै उपाय अपनाएर भोकमरीको आँधी आउन र विश्वव्यापी खाद्यान्न प्रणाली धरासायी हुनबाट रोक्नुपर्छ ‘ भनिसकेका छन्। यस्तै, विश्व खाद्य कार्यक्रमका प्रमुख डेभिड बिस्लेले पनि युक्रेन युद्धका कारण भोकमरीको अवस्था डरलाग्दो तहमा पुग्न सक्ने चेतावनी दिएका थिए ।

बिस्लेले ‘युक्रेनमा बम र गोलीले विश्वव्यापी भोकमरीको संकट डरलाग्दो अवस्थामा पुग्न सक्छ , आपूर्ति चक्र र खाद्यान्नको भाउ नाटकीय रुपमा प्रभावित बन्न सक्छ ’ भने।

यस्तै,सोमबार ब्रसेल्समा फ्रान्सका कृषि मन्त्री जुलियन डेनरमान्डीले समेत विश्वकै प्रमुख अन्न उत्पादक युक्रेन र रुसबीच जारी युद्धले संसारभर खाद्यान्न संकट देखिने चेतावनी दिएका छन् भने मध्यपूर्व र उत्तरी अफ्रिकाको खाद्यान्न संकट थप गरिरिने ह्युमन राइट्स वाचले चेतावनी दिएको छ ।

ह्युमन राइट्स वाचले विज्ञप्ति निकाल्दै ‘मध्यपूर्वी तथा उत्तरी अफ्रिकी मुलुकमा कृषिजन्य उपज निर्यात गर्ने प्रमुख मुलुकमा युक्रेन र रुस पर्छन्, युद्धका कारण व्यवधान सिर्जना हुँदा खाद्यान्नको बढ्दो मूल्य एवं गरिबी झप खराब बन्न सक्छ ’भनेको छ।
विश्वमै धेरै गहुँ, मकै र जौ उत्पादन हुने देशहरुमा यहि रुस र युक्रेन अग्रपंक्तिमा छन् । यी दुइ देश युक्रेन र दक्षिण-पश्चिम रुसलाई युरोपको अन्न भकारीसमेत भनेर चिनिन्छ। विश्वभर हुने गहुँ निर्यातमा यी दुई देशले ३० प्रतिशत हिस्सा ओगटेका छन् । तर अब दुबै देश युद्धमा आफै होमिएपछि यसको असर खाद्यान्नमा प्रत्यक्ष पर्न थालेको छ।

त्यसैगरी, विश्वभर उत्पादन हुने सूर्यमुखी तेलमा पनि ८० प्रतिशत रुस र युक्रेनले उत्पादन गर्छ। मकै निर्यात गर्ने विश्वकै चौथो ठूलो देश युक्रेन हो । तर,युद्दका कारण त्यहाँको सरकारले मार्च ९ मा एक प्रस्ताव पारित गरी गहुँ, मकै, मासुलगायतका वस्तु निर्यातमा प्रतिबन्ध गरिसकेको छ ।

यसरि युद्धकै कारण विश्वभर निर्यात हुने गहुँ लगायतका वस्तुको ठूलो परिमाण युक्रेन र रुसमा रोकिएर बसेको छ भने यसैगरी विश्वभर जाने रासायनिक मलको ठूलो हिस्सा पनि बेलारुस र रुसमा अड्किएको छ । यसकारण संसारभर खाद्यान्न र रासायनिक मलको भाउ उच्च हुन थालेको हो ।

LEAVE A REPLY