दयाहाङ राईद्वारा निर्देशित नाटक ‘मीतज्यू’को मञ्चन मंगलवारदेखि

516

साझाट्युव : चैत ७,काठमाडौं ।
दयाहाङ राईद्वारा निर्देशित नाटक ‘मीतज्यू’ मंगलबारबाट मण्डला थिएटरमा मञ्चन हुनेछ । चैत १३ गतेसम्म यो नाटक प्रत्येक दिन बेलुका ५ बजेदेखि मञ्चन हुने भएको छ ।

सोमनाथ खनालले लेखेको यस नाटकमा बुद्धि तामाङ, विजय बराल र सिर्जना सुब्बाको मुख्य भूमिका रहेको छ । यसअघि पनि मञ्चन हुँदाहुँदै कोरोना नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाका कारण मञ्चन पनि रोेकिएको थियो ।

मण्डलाले दर्शकलाई इन्गेज तुल्याइराख्न युट्युबबाट भर्चुअल रुपमा यो नाटकको प्रिमियर गरेको थियो भने सात वर्षअघि मञ्चन भइसकेको नाटकमा केही परिमार्जन गर्दै पुनः देखाउन लागिएको छ । यस नाटकले मितेरी साइनोको कथा बताउछ ।

काठमाडौंको थापागाउँस्थित मण्डलाको नयाँ हलमा यस महिनादेखि नाटक मञ्चन सुरु भएको छ ।

LEAVE A REPLY