अभिनेत्री करिश्माले आज एमाले प्रवेश गर्ने

278

साझाट्युव : चैत ८,काठमाडौं ।
अभिनेत्री करिश्मा मानन्धर आज नेकपा एमाले प्रवेश गर्दैछिन् । उनि यसअघि नै एमाले जाने बताएपनि आज मंगलबार औपचारिक रूपमा पार्टी प्रवेश गर्न लागेकी हुन् ।

एमाले नेता विष्णु रिजालले बताए अनुसार मानन्धरसँगै पूर्वमन्त्री प्रेमबहादुर सिंहको नेतृत्वको समाजवादी जनता पार्टी समेत एमालेमा समाहित हुने कार्यक्रम रहेको छ । आज अपह्रान्ह १ बजे पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा पार्टी प्रवेश गर्ने कार्यक्रम रहेकाले पनि रिजालले जानकारी गराएका छन् ।

LEAVE A REPLY