आखिर मधेशबाटै जितेर दोस्रो पटक प्रधानमन्त्री हुने अवसर पाएँ : प्रचण्ड

158

साझाट्युव : चैत ८,काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिकारी परिवर्तनविरुद्व प्रतिक्रान्तिकारीले जति नै षडयन्त्र गर्दै आएपनि मधेसले जहिले पनि त्यस्ता षडयन्त्रलाई परास्त गर्दै आएको बताएका छन् ।

जनकपुरधाममा मंगलबार आयोजित मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन्। यस्तै,प्रचण्डले प्रतिक्रान्तिकारीहरुकै षडयन्त्रका कारण संविधानसभाको दोस्रो निर्वाचनअघि माओवादी पार्टी विभाजित भएको पनि बताए ।

कार्यक्रममा बोल्दै उनले त्यस्तो अवस्थामा २०७० सालको निर्वाचनमा आफूले काठमाडौं र सिराहा गरी दुई स्थानबाट चुनाव लडेकोमा आफुले काठमाडौंबाट आफू पराजित भए पनि मधेसकै सिराहाबाट विजयी भएर दोस्रो पटक प्रधानमन्त्री हुने अवसरसमेत मिलेको बताए ।

यसैगरी,प्रचण्डले १२ बुँदे समझदारी र शान्तिसम्झौतामा आउँदा नआउँदै मधेस क्रान्तिकारी कम्युनिस्टमय अर्थात् माओवादीमय भएको चर्चा पनि गरे । उनले बोल्दै ‘मधेस जब माओवादीमय भयो, शान्ति सम्झौता, संविधानसभा, संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्ने प्रकृयालाई दुनियाँको कुनै तागतले रोक्न सकेन । त्यतिबेला पनि शान्ति सम्झौता हुन नदिने, संविधानसभामा जान नदिने र संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा हुन नदिन प्रतिक्रियावादीले अनेक चलखेल र षडयन्त्र गरेका थिए ‘ भने ।

उनले ‘त्यतिबेला नेपालमा गणतन्त्र सम्भव नै छैन भन्ने मान्छे, र पार्टीहरु अहिले पनि छँदैछन्, तिनलाई देशी र विदेशी प्रतिक्रियावादीले मलजल गरिनै रहेका छन् ’ भने।
साथै,आफूहरुको हतियार भनेको जनतासँगको एकता नै रहेको प्रचण्डले भनाइ राख्दै ‘हाम्रो संगठनलाई बलियो बनाएरमात्र त्यो प्रतिक्रान्ति, प्रतिगमनको षडयन्त्रलाई परास्त गर्न सकिन्छ ’ भने।

LEAVE A REPLY