साझाट्युव : १४ असार, चितवन ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धन सरकारको एकमात्रै उद्देश्य सत्ता स्वार्थ रहेको बताएका छन् ।
ज्ञवालीले भरतपुरमा सञ्चारकर्मीहरुसित कुरा गर्दै गठबन्धन सरकार आएपछि गम्भीर संकटमा मुलुक फसेको बताए । आर्थिक हिसाबले मुलुक अत्यन्त नाजुक स्थितिमा पुगेको ‘अर्थतन्त्रका हरेक सूचकहरुमा रातो बत्ति बलिरहेको आवस्था छ उनले भने ।’
मुलुकको अर्थतन्त्र कुनबेला ‘कोल्याप्स’ हुन्छ भन्ने आशंकाले अर्थशास्त्री, व्यवसायी साथै आम जनता चिन्तित रहेको पनि ज्ञवालीको धारणा रहेको छ । पूर्व परराष्ट्रमन्त्री ज्ञवालीले मुलुकको बाह्य सम्बन्धमा गम्भीर विचलनहरु देखिएको दाबी समेत गरे ।