छिटफुट अपवादका रुपमा स्वतन्त्र बन्दैमा देश बन्दैन : ओली

254

साझाट्युव :  २० साउन, काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताहरुले कुनै केही पनि गरेनन् अब स्वतन्त्रले गर्छ भनेर हल्ला गर्ने गरेको आरोप लगाएका हुन् ।

एक ठाउँमा एउटा स्वतन्त्रले एकछिन मनोरञ्जन गर्नु एउटा कुरा हो भन्दै, ओलीले छिटफुट र अपवादका रुपमा स्वतन्त्र बन्यो भन्दैमा देशको समग्र योजना विकास, उन्नति र प्रगति हुन नसक्ने बताए हुन् ।

‘स्वतन्त्रहरुका सोच हुन्छन् कि हुँदैनन् ?’ उनले भने, ‘हुन्छन् भने बेग्लाबेग्लै सोचका मान्छेहरु आएर एउटै तालमा कसरी जान्छन् ?’

सरकारमा पुग्नलाइ मात्र स्वतन्त्र भनेको हो कि भन्ने प्रश्न गर्दै ओलीले भने, ‘सरकारमा पुगेपछि कसको सोच कसले मान्ने ? हुने कुरै होइन त्यो, तर एउटा हल्ला के चलाइदिन्छ भने स्वतन्त्र भनेर चलाइदिन्छ, संभव हुने कुनै कुरै होइन त्यो ।’

दुनियाँका मान्छे सबै पागल बनेर दलीय सिस्टम आएको हो त ? भन्ने प्रश्न गर्दै ओलीले भने ‘मेचीबाट महाकालीसम्मको मान्छे एउटा कार्यक्रम र एउटा उद्देश्यमा चलेन भने राष्ट्र निर्माण कसरी हुन सक्छ ?’

देश बनाउनको लागि फरक फरक सोच भएका व्यक्ति नभएर एउटै सोच र उद्देश्य भएका व्यक्तिहरु एक हुनु पर्ने ओलीको भनाइ रहेको छ ।

LEAVE A REPLY