मलाई स्वतन्त्र तरिकाले काम गर्ने अवसर दिनुहोस् : कराते महासंघ उपाध्यक्ष प्रसाईं

365
साझाट्युव : चैत्र १७ काठमाडौ
  नेपाल कराते महासंघ केन्द्रिय उपाध्यक्ष डा.ओम कृष्ण प्रसाईंले आफुलाइ कराते क्षेत्रमा स्वतन्त्र रुपले काम गर्न अनि राजनीतिक हस्तक्षेप नगर्न अपिल गरेका छन् । उनले आफ्नो आधिकारिक सामाजिक सन्जाल फेशबुक मार्फत यस्तो अपिल गरेका हुन् । प्रसाईंले लेखेको अपिल ‘सर्वप्रथम करातेको हुस भन्ने शब्दबाट हार्दिक अभिबादन व्यक्त गर्न चाहान्छु।
भर्खरै चैत्र १० देखि १३ गतेसम्म चितवनको सौराहामा भएको नेपाल कराते महासघको प्रथम ऐतिहासिक अधिवेशन बाट मलाई उपाध्यक्ष जस्तो महत्वपूर्ण पदमा सर्वसम्मत निर्वाचित गरि जिम्मेवारि सुम्पिनु भएकोमा सबै प्रतिनिधि तथा पर्यबेक्षक प्रति नतमस्तक रहदै हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्न चाहान्छु। आठ वर्षसम्म सचिव तथा चार वर्षसम्म सह-महासचिव जस्तो पदमा विश्वास गरी जिम्मेवारी दिनुहुने आदरणीय गुरु तत्कालीन नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङ प्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहान्छु ।
 
 पछिल्लोपटक हामी सबैका गुरु राष्ट्रिय खेलकुद परिषद्का सफल सदस्यसचिव खेलकुदमा राजनीतिको ”र” सुन्न नचाहाने युवराज लामा ज्यु ले तदर्थ कमिटिमा नै बिधान संसोधन, स्मारिका प्रकाशन, तथा प्रदेश अधिबेशन का लागि पर्यबेक्षक जस्तो जिम्मेवारी दिएर जुन प्रकारले मलाई विश्वास गर्नु भयो उहाँप्रति गहिरो सदभाव सहित आभार ब्यक्त गर्दछु। छोटो समयका बाबजुद, सामान्य त्रुटि बाहेक हामी निकै सफल भयौ भन्ने हाम्रो ठम्याइ हो। बागमती प्रदेशका २८० जनाभन्दा बढी प्रशिक्षार्थीहरुलाई विद्यालयस्तरको ”विद्यालय कराते प्रशिक्षक प्रशिक्षण” कार्यक्रम निक्कै चुनौतीपूर्ण रहेको थियो । देशैभरिबाट मास्टर्स मिटमा भाग लिन आउनुभएका करिब १५ सयको संख्याका सिनियर गुरुहरुको सहभागिताले कार्यक्रम अत्यन्तै भव्य र सभ्य भएको रास्ट्रिय स्तरका संचार माध्यमले कभरेज गरेको समाचारले पुस्टि पारेकोथियो। संगसंगै साधारणसभा तथा लामो समय देखि हुन् नसकिरहेको नेपाल कराते महासंघको चुनावका लागि सबैको गिद्दे दृस्टी परिरहेको थियो। कति बेला माउले चल्ला छोप्न छोडदछ र ठिक त्यहि बेला चिलले चल्ला टिपे झैँ केहि गिद्दहरु अदालत तिर धाउनु एक अर्को चुनौती थियो, तर सम्मानित अदालत बाट खेलकर्मी कै पक्षमा फैसला हुनु अब करातेका बाण हरु सहि दिशामा बर्सिदैछन भन्ने हो । सम्पूर्ण करातेकर्मीहरुमा म के निवेदन गर्न चाहन्छु भने म प्रत्यक्ष कार्यकारी तथा महत्वपूर्ण जिम्मेवारीमा नहारेतापानी उपाध्यक्ष को हैसियत अनि एक कराते कर्मी भएको नाताले मेरो सक्रियतामा कुनै पनि कमि हुन दिने छैन सक्रियताका साथ लागि राख्नेछु भन्ने प्रतिबद्धता पनि यहाँहरु समक्ष राख्न चाहान्छु। तर मलाई यहाहरुले पैला जस्तै हरदम सकारात्मक सल्लाह, सुझाव अनि न्यानो माया को कमि हुन् दिनुहुने छैन । केहि मित्र हरुको चाहना अलिक फरक छ, स्वाभाविक नै हो । उहाहरु भन्नु हुन्छ तपाई अलिक बुझेको मान्छे, पार्टिको मान्छे।
मित्रहरु यो संस्था अलिक फरक प्रकृतिको को संस्था हो। संघसंस्थाको विश्वव्यापी सिद्धान्तका साथ साथै करातेको बुदो अध्यात्म स्पिरिट अनि गुरु प्रणालिलाई आत्मा साथ गर्दै मिश्रित प्रणालीमा चल्ने संस्था रहेको हुदा तपाइले सोचे जस्तो बिल्कुलै हैन। तपाईहरु मेरा बिरुद्द अदालत पुग्नु भन्दा पैला धेरै पटक पार्टि अध्यक्षकोमा पुग्नु भयो, तर कुरा केहो भने मेरो लागि खेलकुद राजनीति भन्दा अलिक माथि हो। म राजनीति छोड्न सक्छु तर खेलकुद छोड्न सक्दिन यो कुरा नेतृत्वलाई राम्रोसँग थाहा छ त्यसैले उहा हल्लनु भएन । तपाईंको चुनाव खर्च दिएवापत अवसर प्रदान गरिने संस्था होइन यो खेल क्षेत्र। खेल क्षेत्रमा जीवन विताएको हुँदा पार्टीले जिम्मेवारी दिएको हो भन्ने कुरा मैले बिर्सनु हुँदैन। पहिला खेलाडी अनिमात्र राजनीतिकर्म। सक्रिय राजनीतिमा आउनुको कारण पनि खेल क्षेत्रकै विकासको लागि हो भनेर बुझ्नु पर्दछ । अरु कुरामा म सक्रिय राजनीति गरौला, तर खेलकुद क्षेत्रमा मलाई स्वतन्त्र तरिकाले काम गर्ने अवसर प्रदान गरिदिनु होला यदि तपाई सच्चा खेलकर्मी हो भने। धन्यवाद उपाध्यक्ष ओमकृष्ण प्रसाई नेपाल कराते महासंघ’

LEAVE A REPLY