साझट्युब : १६ जेठ,काठमाडौं ।
काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनीता डंगोलको शपथ ग्रहण गरेका छन् ।सोमबार आयोजित सपथ ग्रहण कार्यक्रममा काठमाडौं जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले सथप ग्रहण गराएका थिए।
नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछि साहले नेपाल भाषामा पनि शपथको व्यहोरा वाचन गरेका हुन् ।
खतिवडाले उपप्रमुख पदमा निर्वाचित सुनिता डंगोललाई पनि सपथ ग्रहण गराएका हुन्। डंगोलले पनि नेपाल भाषामै सपथ ग्रहण गरेकी हुन्।
मेयर साह र उपमेयर डंगोलले महानगरपालिकामा गएर आजै पद बहाली गर्ने छन् । अन्य पदाधिकारीहले पनि आजै पद बहाली गर्नुहुनेछ ।
पद बहालीपछि पहिलो बोर्ड बैठक राखेर मेयर शाहले पहिलो निर्णयमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।