रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका निम्ति दिएको निवेदन खारेजीको माग

131

साझाट्युव : ८ असार, काठमाडौं ।

रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका निम्ति निर्वाचन आयोगमा दिएको निवेदन खारेजीको माग राख्दै उजुरी दिएको हो ।

स्वतन्त्र उम्मेदवारी अभियानद्वारा निर्वाचन आयोगमा उजुरी गरेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार एउटा समूहले निवेदन लिएर आएको र ‘प्रमुख निर्वाचन अधिकृत ज्युलाई संबोधन गरेर निवेदन लिएर आएकाहरु उहाँलाई भेट्न जानु भएको छ,’ उनले बताए ।

 

अभियानका संयोजक डम्बर शाहुले दिएको उजुरी अनुसार पार्टीको नाममा स्वतन्त्र शब्द प्रयोग गर्न नमिल्ने माग राखिएको छ । यता रविले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गर्दै मंगलबार निर्वाचन आयोगमा दल दर्ताका निम्ति निवेदन हालेका थिए ।

त्यस्तै निवेदनलाइ खारेजीको माग राख्दै शाहुले दिएको उजुरीमा लेखिएको छ,‘ यदि कुनै पनि व्यक्तिले राजनीतिक दलमा आबद्ध हुन चाहँदैन र स्वतन्त्र रुपमा चुनाव उम्मेदवारी दिन साथै निर्वाचित हुन पाउनेगरी संविधानले दिएको अधिकार खोसेर स्वतन्त्रको नाममा पार्टी गठन गर्नु भनेको स्वतन्त्र उम्मेदवारीले भ्रम र अन्यौल उत्पन्न गरेको छ ।’

LEAVE A REPLY