साझाट्युव : बैशाख ८, काठमाडौँ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ५४७ जनामा गरिएको परीक्षणमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
हाल नेपालमा २९८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ५ हजार ७२८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
पछिल्लो २४ घण्टामा देशभर १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यस्तै सोही समयमा ३२ जना कोरोना संक्रमण मुक्त भएका छन् ।