व्यापारीहरु कालो सूचीमा बढ्दो संख्यामा १३ हजार नाघ्यो

170

साझाट्युव : २६ ,असार, काठमाडौं ।

बैंक तथा वित्तीय संस्थाबाट व्यापारीहरुले निकालेको ऋणको साँवा ब्याज तोकिएको समयमा भुक्तानी नगरेका कारण कालो सूचीमा पर्नेको संख्या बर्सेनि बढ्दो रहेको छ । चालू आर्थिक वर्ष २०७८/७९ मा कालोसूचीमा पर्नेको संख्या १३ हजार नाघेको छ । भने कर्जा सूचना केन्द्रका अनुसार चालू आर्थिक २३ असारसम्ममा कालो सूचीमा पर्नेको संख्या कुल मिलाएर १३ हजार ६४८ पुगेको छ ।

 

केन्द्रले बताए अनुसार व्यक्ति, व्यापारिक फर्म, उद्योग पनि गत आर्थिक वर्ष २०७७/७८ भरमा जम्मा ४ हजार ८८२ कालोसूचीमा परेका थिए । भने गत बर्षको तुलनामा चालू बर्षमा कालो सूचीमा पर्नेको संख्या लगभग १८० प्रतिशतले बढेको छ ।

LEAVE A REPLY